शुक्रबार, चैत्र १६, २०८०

पत्रकार दियालीमाथि सांघातिक आक्रमण गर्ने अपराधीलाइ कारवाहीको माग

काठमाडौ माघ २९,  नेपाल पत्रकार महासंघले महासंघ सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिवद्दारा सर्लाही शाखालाइ उदृत गर्दै जारी विज्ञप्तिमा पत्रकार दियालीलाई माघ २९ गते विहान ११ बजे फोन गरेर बोलाएर हरिवन नगरपालिका ९ स्थित सुखेपोखरीमा एक समुहले सांघातिक आक्रमण गरेको आक्रमणबाट गम्भीर घाईते भएका पत्रकार दियालीको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको उल्लेख गरिएको छ । त्यस्तै महासंघले पत्रकार दियालीमाथि भएको यो सांघातिक आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्न समुहको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसँग माग समेत गरेको छ ।

यसैवीच नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलियाले पनि आजै एक विज्ञप्ति जारी गर्दै सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर तथा नेपाल प्रेस युनियन सर्लाहीका प्रदेश पार्षद सोमदियाली माथि भएको आक्रमणको कडा भत्र्सना गर्दै घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।