शुक्रबार, बैशाख ७, २०८१

न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी परिपत्र’ स्वरोजगारमूलक सञ्चारमाध्यममा लागू हुन नसक्ने महासंघको प्रष्टोक्ति

 काठमाडौं माघ २९, नेपाल पत्रकार महासंघले माघ १८ गते सूचना तथा प्रसारण विभागले जारी गरेको ‘न्यूनतम पारिश्रमिक कार्यान्वयनसम्बन्धी परिपत्र’ का व्यवस्थाहरु तीन जना पूर्णकालीन नरहेका र श्रमजीवी पत्रकार ऐन आकर्षित नहुने स्वरोजगारमूलक सञ्चारमाध्यममा जवर्जस्ती लागू गराउन खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै महासंघले जारी परिपत्रको सवालमा केन्द्रीत रहदै आज जारी गरेको विज्ञप्तिमा ३ जना पूर्णकालीन श्रमजीवीहरु नभएको र पत्रकारहरु आफैंले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यममा सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन आकर्षित नहुने तथा लगानी र वितरण संस्थालगायतका आधारमा साना र स्वरोजगारमूलक सञ्चारमाध्यममा ऐनको प्रावधानहरु समेत लागू नहुनेगरी तोक्न सकिने प्रावधान श्रमजीवी पत्रकार ऐन २०५१ को दफा २ (ख)र दफा ३४ (ङ) मा रहेको स्पष्ट रहेको जनाउँदै जारी परिपत्रको मर्म स्वरोजगारमूलक मिडियाका हकमा लागू हुन नसक्ने प्रष्ट व्यवस्था रहेको जनाएको छ ।

त्यस्तै महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा ठूला लगानीका सम्पूर्ण सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि ध्यानाकर्षण बुझाउनुका साथै हाल अनुगमन प्रक्रिया जारी राखेको उल्लेख गर्दै स्वरोजगारमूलक मिडिया सञ्चालनमा गम्भीर आघात पुग्ने उल्लेख गर्दै महासंघअन्तर्गत गठित साना लगानीका मिडियाको हक हित तथा प्रवद्र्धन समितिको आयोजनामा माघ २८ गते सम्पन्न वृहत भेला तथा अन्तरक्रियामा सो परिपत्र स्वरोजगारमूलक मिडियाका हकमा लागू हुन नसक्ने र स्वरोजगारमूलक मिडियाहरु संचालनमा गम्भीर आघात पुग्ने निस्कर्षको पहिचान गर्दै भेलाले परिपत्रका सवालमा स्वरोजगारमूलक मिडियालाई श्रमजीवी पत्रकार ऐन २०५१ को दफा २ (ख), दफा ३४ (ङ) र श्रमजीवी पत्रकार सम्बन्धी नियमावली २०५३ को दफा २४ (घ) समेतलाई ध्यानमा राखी पुनर्विचार गर्न माग गर्ने निष्कर्ष निकालेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकारहरुबाट संचालित स्वरोजगारमूलक मिडियाको सरोकार सम्बोधन गर्न महासंघले सरकारसमक्ष जोडदार माग गर्दै समानुपातिक विज्ञापन नीति लागू गराउन, लोककल्याणकारी विज्ञापनमा दोब्बर वृद्धि गर्न तथा गत असोजदेखि रोकिएको लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी तत्काल उपलब्ध गराउन माग गरेको छ । साथै यो वा त्यो नाममा स्वरोजगारमुखी मिडियाहरुलाई निस्तेज तथा विस्थापित गर्ने नियोजितकार्य विरुद्ध जुनसुकै किसिमको दबाबमूलक कार्यक्रम अगाडि बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031