बुधबार, बैशाख १२, २०८१

नेपाल बार एसोसिएसनमा चुनावको रन्को, यी हुन उम्मेदवारहरु

काठमाडौ फागुन ६ , नेपाल बार एसोसिएसनको आगामी चैत १६ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले आज विधिवत उम्मेदवारी दर्ता गराएका छन् । डेमोक्र्याटिक लयर्स एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता सुनीलकुमार पोखरेलले उम्मेदवारी दर्ता गराएका छन भने महासचिव पदमा लीलामणि पौडेल र कोषाध्यक्षमा तेजबहादुर रावलले उम्मेदवारी दिनु भएको छ ।

नेपाल ल एसोसियट्सको तर्फबाट अध्यक्ष पदका लागि वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ , महासचिवमा सुरेन्द्र थापा र कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै स्वतन्त्र वकिलको समूहबाट अध्यक्ष पदका लागि अधिवक्ता डा। पुण्य खतिवडाले पनि उम्मेदवारी दर्ता गराउनुभएको नेपाल वार निर्वाचन समतिले जनाएको छ ।

निर्वाचन समतिका अनुसार महिला उपाध्यक्षका लागि कविता थापा कार्की र रक्षा बस्यालले उम्मेदवारी दर्ता गराएको जनाउँदै  डेमोक्र्याटतर्फबाट प्रदेश नम्बर–१ र २ को उपाध्यक्षमा डिल्लीबहादुर कार्की र सुधीरकुमार कर्ण, ३ र ४ को उपाध्यक्षका लागि राजेश्वर अधिकारी र निरञ्जनलाल राजभण्डारी, ५ र ६ को उपाध्यक्षमा सुनीलकुमार श्रेष्ठ र उत्तम आचार्य र ७ को उपाध्यक्षमा ठेकेन्द्रराज जोशीले उम्मेदवारी दिएका छन भने एनएलएबाट प्रदेश–१ र २ को उपाध्यक्षमा मानबहादुर रुम्जाली र रामचन्द्र सिंह, ३ र ४ को उपाध्यक्षमा ईश्वरीप्रसाद भट्टराई र सुरेन्द्र थापामगर, ५ र ६ को उपाध्यक्षमा लीलाधर मरासिनी र मीनबहादुर महत र ७ को उपाध्यक्षमा उमेशप्रसाद विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।