शुक्रबार, बैशाख ७, २०८१

नेपाल प्रहरीको गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ अभियान अन्र्तगत गोर्खाली पक्राउ

काठमाडौ माघ २०,  नेपाल प्रहरीले गुण्डागर्दी नियन्त्रण तथा फरार अपराधी पक्राउ गर्ने अभियानअन्तर्गत व्यापारीलाई त्रासमा पारेर पैसा ठगी गर्दै आएका चाबहिल बस्ने राजु भन्ने राजेन्द्रबहादुर गोर्खालीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज पक्राउ गरेको छ ।
गोर्खालीले काठमाडौँको रोयल डिस्कोमा तरबारले हानेर राजन लिम्बूलाई हत्या गरेको आरोपमा १० वर्ष जेल सजाय पाएका अपराधी भएको
जनाउँदै महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाए उदृत गर्दै प्राप्त समाचारमा निज गोर्खालीले विगत एक वर्षदेखि काठमाडौँ मलस्थित सुष्मा महरा, मुनिन्द्र बस्नेत, अजिता सिटौला, दिलबहादुर थापालगायत आधादर्जन  व्यापारीको पसलमा जबर्जस्ती ताला लगाएर अनाधिकृत कब्जा गरेको आरोपमा उनलाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै पक्राउ परेका गोर्खालीले विरोध गरेमा व्यवसायीलाई डर, धाक, धम्की दिने जस्ता आपराधिक र कानूनविपरीतका क्रियाकलाप गर्दै आएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031