बिहिबार, चैत्र १५, २०८०

नेता पराजुलीको निधनप्रति दुःख व्यक्त

काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीलाइ भातृशोक

काठमाडौ फागुन ८,   काङ्ग्रेसका पूर्व मुख्य सचिव डा शोभाकर पराजुलीलाइ भातृशोक परेको छ । नेता पराजुलीका दाजु बारा निवासी ७६ वर्षीय दण्डपाणि पराजुलीको गत फागुन ५ गते निधन भएको हो । नेता पराजुलीलाइ भातृशोक परेको यस दुखद घडीमा मृतआत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त पराजुली परिवाजनमा यस  http://www.kantipurhotline.comको तर्फबाट समेवेदना व्यक्त गर्दछौं ।

यसैवीच नेपाली काङ्ग्रेसले पार्टीका नेता बारा निवासी दण्डपाणि पराजुलीको ७६ वर्षीय दण्डपाणि पराजुलीको गत फागुन ५ गते भएको निधन प्रति दुःख व्यक्त गरेकोे छ । काङ्ग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी पराजुलीको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा पराजुलीले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्ने क्रममा पटक÷पटक कारागार र कठोर यातना भोग्नु भएका पराजुली पार्टीका एक निर्भीक योद्धा रहेको जनाइएको छ । स्व पराजुलीका श्रीमती, चार छोरा र दुई छोरी रहेका छन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।