शुक्रबार, बैशाख १४, २०८१

नागरिक उड्डयनमन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार सवैको निधन, म.प.को आकस्मिक बैठक बस्दै

काठमाडौं फागुन १५, एयर डाइनेष्टीको ताप्लेजुङको दारेढुङ्गामा हेलिकप्टर दुर्घटना भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि प्रम केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरुको आकस्मिक बैठक वोलाएको छ।

बैठकमा ताप्लेजुङको दारेढुङ्गामा भएको हेलिकप्टर दुर्घटना केन्द्रीत रहेको बुझिएको छ। हेलिकप्टरमा सवार सबैको निधन भएको आशङ्का गरिएको छ।  हेलिकप्टरमा मन्त्री अधिकारी सहित आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र युवराज दाहाल सवार रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।