बिहिबार, चैत्र १५, २०८०

नक्कली टिकट बनाई भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौ  माघ  २१,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम घोराहीमा कार्यरत कर्मचारीले हवाई यात्रा नै नगरी हवाई यात्रा गरेको भनी नक्कली टिकट बनाएर भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टेलिकमको सो कार्यालयमा कार्यरत तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंह, सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य र तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठले हवाई यात्रा नै नगरी नक्कली टिकट बनाई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ ।

हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी नक्कली टिकट बनाएर कार्यालयमा पेश गरी रकम भुक्तानी लिई टेलिकमलाई नोक्सानी पु¥याएको पाइएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालद्दारा जारी विज्ञप्तिमा   उल्लेख गरिएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।