शुक्रबार, बैशाख ७, २०८१

ताप्लेजुङको हेलिकप्टर दुर्घटना: ज्यो. सुवेदीले आकस्मिक दुर्घटना हुन सक्ने पूर्वानुमान गरेको दावी

काठमाडौं फागुन १६, हेलिकप्टर दुर्घटनामा परी बहालवाला मन्त्रीलगायतको मृत्यु भएको शोकमा देश परेको छ । कुनै अप्रत्यासित दुर्घटना हुनसक्ने संकेत चर्चित ज्यो. दीपक सुवेदीले डेढदुई महिना अघि नै गरेको समाचार प्राप्त भएको छ ।  यसै क्रममा विभिन्न खालका सिद्ध भविष्यवाणी गर्न सफल भएका ज्यो. सुवेदी सुवेदीले बताउनु भएको कुरा यतिबेला घट्न पुगेको छ । त्यस्तै ज्यो सुवेदीले फागुनको दोस्रो हप्तामा केही ग्रहले स्थान परिवर्तन गर्दै गरेको आदि कुराको चर्चा गर्दै एयरपोर्ट वा निश्चित ठाऊँ नै भन्न मिल्दैन तर आकस्मिक अथवा अप्रत्यासित घटना दुर्घटना घट्नसक्ने बताउनु भएको थियो ।

Jउनीसँग गरेको संवादको सामाग्री विभिन्न अनलाइले प्रकाशन गरेका थिए, जसलाई सर्च गरी हेर्न र पढ्न सकिन्छ । सो भेट्मा ज्यो. सुवेदीले विभिन्न विषय वस्तुको चर्चा गर्दै अप्रत्यासित स्थिति सृजना वा घटनालाई ग्रहले स्पष्टरुपमा संकेत गरेको भन्दै दुर्घटनाको समेत संकेत गर्नु भएको कुरा यो समयमा स्मरण भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीलगायतको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाले दीपक गुरुको ‘एयरपोर्ट नै भन्ने हुन्न कुनैपनि ठाऊँमा कुनै पनि प्रकारको दुर्घटना घट्न सक्छ’ भन्नु भएको कुरालाई याद गराएको छ । समाजमा सबै ज्योतिषी फ्रड छैनन्, राम्रोसँग ज्योतिष विज्ञानको अध्ययन अनुसन्धान तथा अनुभव गरेका विज्ञ पनि छन् ।

हुनसक्ने घटना तथा दुर्घटनाको पूर्वानुमान गर्ने ज्योतिष विज्ञानको मार्गदर्शनलाई आत्मसात गरी यसको संरक्षण एवं वैज्ञानिक व्यवहारको लागि सम्बन्धित निकायले ध्यान दिई नागरिकलाई यसबाट हुने लाभ एवं जानकारीबाट सुसूचित गर्न जरुरी छ । ज्यो. सुवेदीले न्यूज २४, भक्तिदर्शन हुँदै हाल हेल्थ टेलिभिजनमा भविष्य निर्माण कार्यक्रम पनि चलाउनु हुन्छ ।  भनिन्छ राजा विरेन्द्रको मृत्युको भविष्यवाणी गर्नु भएका ज्यो. दीपक सुवेदीले पहिलो संविधानसभा र त्यतिबेलाको राजनीतिक संयन्त्रले कुनै पनि निकास नदिने लगायतका अनौठा भविष्यवाणी गर्ने गर्नुभएको थियो । जुन भविष्यवाणीहरु सिद्ध भएका थिए । उहाँले अरु पनि केही राष्ट्रिय केही भविष्यवाणी गर्नु भएको छ । ज्यो. सुवेदीले अप्रत्यासित दुर्घटनाको संभावना बताउँदै आउनु भएकबो छ, त्यसलाई कसले ध्यान दिने ? घटना घटिसकेपछि सबै पछुताउने गछौं तर पूर्वसावधानी तर्फ खासै वास्ता गर्दैनौं । उहाँका भविष्यवाणीको बारेमा संबन्धित पक्ष एवं निकायले ध्यान दिनु उचित होला कि !

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031