शुक्रबार, चैत्र १६, २०८०

ठगी मुद्दाका फरार प्रतिवादी दाहाल कारागार चलान

काठमाडौ फागुन १२,  फागुन वैदेशिक रोगजारसम्बन्धीको ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज कारागार चलान भएका छन् । शुक्रबार पक्राउ परेका सिन्धुपाल्चोक शिखरपुर घर भई हाल काठमाडौँ बुद्धनगर बस्ने भीमप्रसाद दाहाललाई आज काठमाडौँ जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७४ पुस ३० गतेको फैसलाले दोषी ठहर भई रु एक लाख ५० हजार जरिवाना र एक वर्ष छ महीना कैद सुनाइएकामा उक्त फैसला बेरुजु रही दाहाल फरार हुँदै आएका थिए । दाहालले इजाजतपत्रविना विसं २०७३ मा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरी दक्षिण कोरिया पठाइदिने प्रलोभन देखाइ रु ३ लाख ५० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणले पीडितलाई हर्जनासहितको विगो रकम रु पाँच लाख २५ हजार दिलाइ दिनसमेत फैसला गरेको थियो । अदालतको आदेशले दाहाललाई आजै केन्द्रीय कारागार चलान गरिएको उल्लेख गरिइको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।