शनिबार, बैशाख ८, २०८१

जनताको पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रवाह

काठमाडौं फागुन १ , जनता बैंक नेपाल लिमिटेडले आज पाल्पा जिल्लामा एकसाथ नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार सुभारम्भ गर्नुको अलावा एक सिमित्त बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।

पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलास्थित नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको छ । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ, साथै सो क्षेत्रका उद्यमी, ब्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रस्तुत आको सञ्चालनसंगै बैंकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत गरी १२८ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।