बुधबार, बैशाख १२, २०८१

घुस लिँदालिँदैको अवस्थामा प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं फागुन २ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुर जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतलाई रु २५ हजार घुस लिँदालिँदैको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछेँ श्रेष्ठले जग्गा किनबेचका क्रममा बैना गरेको रु तीन लाख ५० हजार फिर्ता गर्न माग गर्दै प्रशासन कार्यालयमा दिएको उजुरीउपर कारवाही गर्नेक्रममा  लेनदेन सम्बन्धी विवाद   मिलाईदिने  भन्दै  सेवाग्रीसंग  रु २५ हजार रकम   माग गरेपछि निजलाइ सोही रकम लिदै गर्दाको अवस्थामा प्रशासन अगाडिको होटल स्वीट होमको शौचालयमा अख्तियारको टोलीले पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।