शुक्रबार, चैत्र १६, २०८०

केन्द्रीय साधारणसभालाई ऐतिहासिक बनाउँन महासंघको आहृवान

  • कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार, गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार र उमासिंह पत्रकारिता पुरस्कार समेत प्रादन गरिने
  •  अनलाइन सञ्चारमाध्यमहरुको नवीकरण नगर्ने सूचना तथा प्रसारण विभागको कार्यप्रति गम्भीर आपत्ति सुशासन ऐन अन्तर्गत बनेको अनलाइन निर्देशिका खारेज गर्दै अनलाइन मिडियालाई पनि अन्य सञ्चारमाध्यम सरह मान्यता दिई सञ्चार कानुन अन्तर्गत सम्वोधन गर्न माग

काठमाडौं फागुन ५,  नेपाल पत्रकार महासंघले फागुन ९ र १० गते पोखरामा आयोजना हुने केन्द्रीय साधारणसभालाई ऐतिहासिक बनाउँन आहृवान गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज उपलब्ध केन्द्रीय समितिको बैठकले साधारणसभा सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा हुने उद्घाटन सत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रमुख राजनीतिक दलका प्रतिनिधि, पत्रकार संगठनका प्रमुख, महासंघका पूर्वअध्यक्षसमेतको सहभागिता सम्पन्न हुने जनाउँदै यस्तो आव्हान गरेको हो ।

त्यस्तै साधारणसभामा महासंघले ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार शिवहरिप्रसाद भट्टराई (सप्तरी) , ‘गोविन्द वियोगी रा���्ट्रिय पत्रकारिता पुरस्कार’ शम्भु श्रेष्ठ (काठमाडौं), ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ बलराम थापा (काठमाडौं), ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ गीता कुँवर (अछाम) र ‘उमासिंह पत्रकारिता पुरस्कारबाट ’ हिरालाल चौधरी (सिरहा) लाई सम्मान गर्नुको अलावा विभिन्न शाखालाई कदरपत्रबाट सम्मानित गरिने जनाएको छ ।

त्यस्तै बैठकले अनलाइन सञ्चारमाध्यमहरुको नवीकरण नगर्ने सूचना तथा प्रसारण विभागको कार्यप्रति गम्भीर आपत्ति प्रकट गर्दै तत्काल नवीकरण गर्ने व्यवस्था मिलाउन माग गर्दै अनलाइन मिडिया सञ्चालन गर्न सुशासन ऐन अन्तर्गत बनेको अनलाइन निर्देशिका खारेज गर्दै अनलाइन मिडियालाई पनि अन्य सञ्चारमाध्यम सरह मान्यता दिई सञ्चार कानुन अन्तर्गत सम्वोधन गर्न
समेत माग गरेको छ ।

त्यस्तै बैठकले श्रमजीवी पत्र ऐन लागू गराउने र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन महासंघले चलाएको दबाबमूलक अभियानलाई थप प्रभावकारी र सशक्त ढंगबाट अघि बढ्ने निर्णय सहित न्यूनतम पारिश्रमिक निर्धारण समितिको नेतृत्वमा र सूचना तथा प्रसारण विभागका प्रतिनिधि सम्मिलित अनुगमन टोलीमा महासंघका तर्फबाट चार जना प्रतिनिधि केन्द्रीय सदस्यहरु जन्मदेव जैसी, यम विरही, टीकाराम प्रधान र टेकराज थामी लाई पठाइएको जनाएको छ । साथै साना लगानीका र स्वरोजगारमूलक मिडियाहरुको हित संरक्षणका पक्षमा महासंघले दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने र नागरिकले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई उपभोग गर्न प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल प्रयोगलाई अवरोध पु¥याउने गरी कुनै कानुन नल्याउन र सञ्चारसम्बन्धी कानुनहरु निर्माण गर्दा सरोकारवाला पक्षहरुसँग छलफल र सहमतिमा निर्माण गर्न महासंघ सरकारसमक्ष माग गरेको छ ।

त्यस्तैगरि बैठकले रौतहट शाखाका अध्यक्ष रविन्द्र साह र निवर्तमान सचिव राजेन्द्रकुमार क्षेत्रीलाई ४५ दिनका लागि निलम्बन गर्दै प्राप्त उजुरी र गुनासा  बारे छानबिन गर्न महासचिव रमेश विष्टको संयोजकत्वमा सचिव उजय जिएम र लेखासमिति सदस्य भूपेन्द्र आचार्य रहेको ३ सदस्यीय छानबिन समिति गठन गरेको महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिम उल्लेख गरिएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।