बिहिबार, चैत्र १५, २०८०

कुलको ईज्जत जाने काम कहिल्यै नगर्ने राजदूत आचार्यको प्रतिवद्धता

काठमाडौ माघ २८, भारतका लागि नृपालको नवनियुक्त राजदूत नीलाम्बर आचार्यले आफूले कुलको ईज्जत जाने काम कहिल्यै नगर्ने बताएका छन् । आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आज केन्द्रीय कार्यालय काठमाडौं अनामानगरमा गरेको बधाई, धन्यबाद तथा बिदाई कार्यक्रममा बोल्दै राजदूत आचार्यले यस्तो अभिव्यत्ति दिनु भएको हो ।

त्यस्तै राजदूत आचार्यले नेपाल र भारतको सम्बन्धलाई सुमधुर बनाई नेपालको ब्यापार घाटा कम गर्न आफ्नो तहबाट प्रयास गर्ने बताएका छन् । राजदूत आचार्यले आफूलाई बधाई तथा शुभकामना दिने आचार्य बन्धु समाजलाई हार्दिक धन्यबाद दिएका थिए । कार्यक्रममा चीनका लागि नेपालका पूर्ब राजदूत राजेश्वर आचार्य, उद्योगपति कृष्ण आचार्य, संसदका पूर्ब सचिव मुकुन्द आचार्यले आफ्नो अनुभब सुनाउदै समाजको अग्रज ब्यक्तित्व राजदूत जस्तो गरिमामय पदमा पुगेकोमा गर्व लागेको बताउदै मुलुकले राईट म्यान ईन द राईट फ्लेस पाएको विचार ब्यक्त गरेका थिए ।

समाजका अध्यक्ष एबम् पुर्व महालेखापरीक्षक भानुप्रसाद आचार्यले समाजले पुरानो चिनजान हुनुभएका आदरणीय नीलाम्बर आचार्यलाई राजदूतको रुपमा पाएर बधाई गर्न पाउदा गर्वले छाती पुलेको बताएका थिए । आचार्य बन्धु समाजका महासचिव बाबुराम अचार्यले नेपालको विकासका लागि सबैभन्दा महत्वपूर्ण मानिने भारतको राजदूत हुनु जति गर्व छ त्यती चुनौती पनि भएको बताउदै कुटनीतिक ज्ञान समेत हुनुभएका नीलाम्बर आचार्य राजदूत भएपनि नेपाल र भारत दुबै एकअर्काले फाईदा लिन सक्ने विचार ब्यक्त गरेका थिए । कार्यक्रममा आचार्य समाजका प्रबुद्ध ब्यक्तित्वको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।