शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंको आधारस्तम्भ काष्ठमण्डपका ४ वटा मुल थाम ठड्याइए

काठमाडौं माघ २७, 

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुननिर्माण गर्ने क्रममा रहेको काठमाडौंको आधारस्तम्भ काष्ठमण्डपका ४ वटा मुल थाम अर्थात (प्यगँ थाँ) ठड्याइएका छन् । निर्माण स्थलमा थाम पु-याउनु अघि हनुमान ढोका अगाडि, श्वेत भैरवको सामुन्ने महानगरका प्रमुख बिद्यासून्दर शाक्य, उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी संकल्प पूजा गर्नुभएको थियो ।

पूजामा जीवित देव गणेश, भैरव, मखँ कुमारीलाई पनि सहभागी गराइएको थियो भने पुननिर्माण समितिका संयोजक एवं प्रदेश सभा सदस्य राजेश शाक्य, संघ तथा प्रदेश सभाका सदस्यहरु, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरुसँगै स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

पूजा सकिएपछि महानगरका प्रमुख शाक्यले थामहरु काष्ठमण्डप पुननिर्माणका मुख्य नाइके लक्ष्मीभक्त राजचललाई हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि सबैभन्दा ठूलो थामलाई भिंद्य त्वाका त्वग त्वा खल, दोश्रोलाई अशोक बिनायक गुठी र तेश्रोलाई मखं ज्यापु गुठीका गुठीयारले परम्परागत रुपमा बाँसमा बाँधेर निर्माण स्थलमा पु-याएका थिए । पुननिर्माण समितिका संयोजक शाक्यका अनुसार मुल थाममध्येको एउटा पुरानै थाम हुनेछ । गत त्यस्तै कात्तिक २२ गतेदेखि निर्माण कार्य शुरु गरिएको काष्ठमण्डपमा क्रेन, डोजर, अत्याधुनिक प्रविधिको प्रयोग नगरिने समितिले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा गत कात्तिक २२ गतेदेखि निर्माण कार्य शुरु गरिएको काष्ठमण्डप पुर्न निर्माणको क्रममा क्रेन, डोजर, अत्याधुनिक प्रविधिको प्रयोग नगरिने समितिले जनाएको छ । काष्ठमण्डप पुननिर्माणका लागि महानगरले पहिलो पटक ५० लाख र दोश्रो पटक ५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । त्यस्तै आगामी वर्षको असार मसान्तसम्ममा पहिलो तल्ला सम्मको काम सम्पन्न गर्ने लक्ष्य राखेर समितिले काम गरिरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।