बिहिबार, चैत्र १५, २०८०

काङ्ग्रेस केन्द्रीय समिति बैठक: नेविसङ्घको तदर्थ समिति बनाइँदै

काठमाडौ फागुन १,  नेपाली काङ्ग्रेस केन्द्रीय समितिको मंगलवारको बैठकले सवै तह र तप्का भंग गरेको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने प्रसंगमा तयारी भएको छ । आज बसेको काँग्रेस केन्द्रीय समितिको बैठकमा यसका लागि छलफल सहित सङ्घको केन्द्रीय समिति गठन गर्ने तयारी गरिएको हो ।

त्यस्तै   बैठकमा गत मङ्सिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझाव सहित परिमार्जन गरी प्रस्तुत गर्नु भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान माथिको छलफलका भएको बैठकमा आज केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह ९लामा० तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राख्नुभएको जनाउँदै केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी फागुन ९ गते दिउँसो १ बजे पुनः बस्ने उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।