शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउन केन्द्रीय सदस्य वडाबाटै निर्वाचित हुनुपर्छ : नेता केसी

काठमाडौं फागुन ७, नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै काङ्ग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीको महाधिवेशनमा केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित भएर आउनुपर्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले काँग्रेसलाइ गतिशील एवम् सशक्त बनाउनका लागि वडा तहबाटै खारिएर आएका पदाधिकारीले नेतृत्व गर्नु आवश्यक रहेकोमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । साथै उहाँले यस विषयमा पार्टी सभापतिले समेत सम्बोधन गरिसकेको अवस्थासंगै महासमितिाकाृ भ भावनाको समेत कदरका लागि केन्द्रीय सदस्य पनि वडाबाटै निर्वाचित हुन आवश्यक रहेको बताउँनु भएको छ ।

एक फरक प्रसंगमा नेता केसीले नेकपा नृतृत्वको वर्तमान सरकारले भ्रष्टाचार शून्य बनाउने कुरा गरे पनि व्यवहारमा लागू गर्न चुकको  जनाउ दिदै प्रधानमन्त्री केपी ओलीले भ्रष्टचारी निमिटयान्न पार्ने बताउँदै गर्दा उहाँकै अगाडि एकपछि अर्को भ्रष्टचारका काण्डले प्रशय पाउँदै आएको समेत बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।