बिहिबार, चैत्र १५, २०८०

काँग्रेसको मौनतालाइ कमजोरी सम्झने काम गरे त्यो सरकारको लागि घातक हुने नेता सिंहको चेतावनी

कांग्रेसद्वारा सरकार विरुद्ध देशभर प्रदर्शनः   जनता ढाँट्ने काम नगर्न कम्युनिष्ट सरकारलाइ चेतावनी दिदै सरकारको यस्तै रवैया रहिरहे कुनै पनि बेला सरकार ढल्ने नेता जोशीको जनाउ  

काठमाडौं माघ २१,  प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसकोले आज काठमाडौं उपत्यका सहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेकपाका अध्यक्ष केपी ओली नेतृत्को सरकारले दुइतिहाइको दम्भ सहित प्रदर्शन गर्दै आएको अराजकताको विरुद्ध गत माघ १३ केन्द्रीय समिति बैठकले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरे अनुरुपको पूर्व निर्धारित कार्यक्रम अन्र्तगत आज ७७ वटै जिल्लामा शान्तिपूर्ण विरोधसभा र प्रदर्शन गर्ने सरकारको तर्फबाट हस्तक्षेप भए त्यसको प्रतिकार गर्ने तयारी सहित आज देशव्यापी प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा काँग्रेसले देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकारले देखाएको उदासिनता ,महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णय विरुद्ध नारावाजी गरेका थिए। त्यस्तै वाइडवडी विमान खरिद प्रकरण चिकित्सा शिक्षा विधेयकको खारजी , निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्नुपर्नेलगायतका माग लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

यसैक्रममा काठमाडौं काँग्रेसको अगुवाइमा भएको शान्तिबाटिकाबाट शुरु भएको प्रदर्शन र राजधानीको बागबजार पुतलीसडक शहीदगेट, सुन्धारा हुँदै पुनः शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता प्रकाशमान सिंहले बर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाउँदै राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्वदायि भूमिका निर्वाह गरेको काँग्रेसको मौनतालाइ कमजोरी सम्झने काम गरे त्यो सरकारको लागि घातक हुने चेतावनी दिदै कम्युनिष्ट सरकारले लोकतन्त्रलाई नै खतरामा पारेको बताउँनु भएको छ ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कोणसभालाइ सम्बोधन गर्दै  कम्युनिष्ट सरकारलाइ जनता ढाँट्ने काम नगर्न चेतावनी दिदै सरकारको यस्तै रवैया रहिरहे कुनै पनि बेला सरकार ढल्ने जनाउ दिनु भएको थियो । त्यस्तै पूर्व सभामुख तारानाथ रानाभाटले सरकारलाई ठेगान नलगाएसम्म सडक संघर्ष जारी राख्न पर्नेमा जोड दिनु भएको  उक्त कोणसभालाइ सांसदद्वय भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसी,काठमाडौँ काङ्ग्रेसका सभापति कृष्ण बानियाँ ,तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइ लगायतले सम्बोधन गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।