शुक्रबार, चैत्र १६, २०८०

एनसेल टावरमा विष्फोट र आगजनीमा संलग्न रहेको आशङ्कामा १६ जना उपत्यकाबाट पक्राउ

सुरक्षा व्यवस्था थप मजबुद पार्न  गृहमन्त्रीको निर्देशन

काठमाडौ फागुन ११,  नेपाल प्रहरीले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनी घटनामा संलग्न रहेको आशङ्कामा काठमाडौ उपत्यकाबाट पक्राउ परेको १६ जना आरोपीमाथि अनुसन्धान सुरु गरिएको जनाएको छ । अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराउँदै सेवा प्रवाहनै अवरुद्ध पारको थिए । एनसेल टावरमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोट गराएसंगै विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार पक्राउ आरोपीमाथि गहन अनुसन्धान सुरु गरिएको जनाउँदै अनुसन्धानपछि घटनाको यर्थाथ विवरण आउँन बाँकी रहेको जनाउँदै प्रहरी प्रवक्ता सुवेदीले उपत्यका बाहिरका टावरमा आगजनी मात्र भएको भएपनि क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको जानकारी दिएका छन ।

यसैवीच विस्फोटनमा परि घाइते भएका घाइतेसँग भेट गर्दै गृहमन्त्री रामबहादुर थापाले उपचाररत गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिनुभएको छ । त्यस्तै प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिनु भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।