प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसद्दारा ८ बुँदे धारणा सार्वजनिक
काठमाडौ फागुन ५, नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा सरकारलको तर्फबाट प्रधानमन्त्री ओली मुलुकवासीको नाममा सम्बोधन गर्दै दिएको सन्देशको सवालमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज आफ्नो ८ बुँदे धारणा सार्वजनिक गरेको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको बहुमतको सरकारको तर्फबाट आएको सम्बोधनले नागरिकको अपेक्षाअनुसार शान्ति सुरक्षा, सुलभ बजार मूल्य र भरोसा कायम गर्न नसक्नुको अलावा नत यसवीचमा सरकारले मधेशका माग सम्बोधन गर्न संविधान संशोधनमा कुनै प्रक्रिया समेत अघि बढाउँन नसकाको आरोप लगाउँनु भएको छ ।
इतिहासकै बलियो र सहज सरकार भएरपनि वर्तमान केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा अयोग्य सावित भएको आरोप लगाउँदै प्रवक्ता शर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा मा शासकीय क्षमता नभएके बताउँनु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले डा गोविन्द केसीसँग प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता सत्ता पक्षले उल्लङ्घन गर्नु आफैमा अराजकताको पराकाष्ठा भएको बताउँदै कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाइ कारवाही गर्न सरकार असफल हुनु यसको ज्वलन्त प्रमाण भएको बताउँनु भएको छ ।
त्यस्तै उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन काङ्ग्रेसको नेतृत्वको तत्कालीन सरकारले सम्पादन गरेको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले तामझामका साथ भड्किलो ढङ्गले प्रचार गरेर जस लिन खोजेको टिप्पणी सहित बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गर्ने गरी रकम सङ्कलन भइरहेका अवस्थामा परियोजना एकाएक विदेशी कम्पनीलाई सुम्पिनु विश्वासघात भएको बताउँनु भएको छ ।
साथै यसवीचमा सरकारले प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने फौजदारी संहिताको केही प्रावधान सच्याउने दिशामा कुनै पहल नगर्नु प्रेसलाई थप नियन्त्रित र निरुत्साहित गर्ने अनेक उपक्रमको सुरवात गर्नु त्यस्तै वाइडबडी जहाज खरीदमा भएको अर्बौं रुपैयाँको घोटाला सम्बन्धमा काङ्ग्रेसले दोषीलाई कारवाही गर्न ‘तथ्यको जगमा सत्यको खोजी गर्न’ आग्रह गर्दै गर्दा कसनै ठोस कदम नचाल्नु र भेनेजुयला प्रकरणमा अपरिपक्वरुपमा प्रस्तुत भएके सरकारको रवैया मेलम्ची परियोजनाको कार्यान्वयनमा अन्योलता सिर्जना गर्नुले सरकारको छवि जनताले राम्ररी बसझ्ने मौका पाएको बताउँनु भएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा सरकारलाइ एक वर्षको समग्र गल्ती, कमजोरी सुधार गरेर अघि बढ्ने सङ्कल्प गरेर सरकार आगामी वर्षमा देशलाई सही ढङ्गले नेतृत्व गर्न सफल हुन सकोस् भनी शुभकामना समेत दिनु भएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- जेठ १० मा सरकारको नीति तथा कार्यक्रम पेश हुने
- जेठ १० मा सरकारको नीति तथा कार्यक्रम पेश हुने
- महानगर वडा नं ३२ मा पराजुली नेतृत्वको प्यानल निर्वाचित
- ७५३ स्थानीय तह मध्ये छ सय ३४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा डङ्गोलको अग्रता कायमै
- नार्गाजुन ४ मा काँग्रेस उम्मेदवार शर्मा नेतृत्वको प्यानल निर्वाचित
- सुरक्षा समितिको बैठक : निर्वाचन सुरक्षा व्यवस्थापनकोे समीक्षा
- काठमाडौं महानगर २८काँग्रेस उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित
- बाँस्कोटाको क्षेत्रबाट दोब्बर मतले अधिकारी निर्वाचित
- महानगर वडा न ४ मा एमाले र ३० मा काँग्रेस नेतृत्वको प्यानलै निर्वाचित
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान