भद्रपुर फागुन ६, भद्रपुर नगरपालिकाले बजार अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउने निर्णय गरको छ । बजारमा उपभोक्ता हित विपरीतका कार्यमा वृद्धि भएको भन्दै नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले त्यस्तो निर्णय गरेको हो । नगर प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठसहितको उपस्थितिमा आज नगरपालिकामा भएको छलफलमा उपभोक्ता हित संरक्षणका लागि ७ बुँदे साझा निष्कर्षसहित अघि बढ्ने प्रतिबद्धता समेत जनाइएको छ ।
त्यस्तै बजार अनुगमनका क्रममा देखिएका समस्या र चुनौति समाधान गर्न सबै सरोकारवालाबीच निरन्तरको छलफल पछि सचेतनाको अभावमा उपभोक्ता ठगिनेक्रम बढेको भन्दै उपभोक्तावादी संस्थासँगको समन्वयनमा उपभोक्ता सचेतना अभियानलाई निरन्तरता दिने समेत छलफलबाट निर्णय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयको विभागीय शाखासँग समन्वय गरी अनुगमन र कारवाहीलाई प्रभावकारी बनाउनुका साथै त्यस विषयलाई हेर्ने छुट्टै फोकल पर्सन प्रशासनसँग माग गर्ने निर्णय भएको छ ।
विज्ञसहितको छरितो अनुगमन टोलीले बजार अनुगमन र कारवाहीलाई निरन्तरता सँगै प्रभावकारी बनाउनुपर्नेमा जोड दिईएको प्रस्तुतछलफलमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुंगेल, झापा उद्योग वाणिज्य संघका महासचिव पंकज शर्मा, प्रहरी निरीक्षक यामकुमार श्रेष्ठ, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका भरतबहादुर पुरी, पशु सेवा शाखाका गणेशप्रसाद भट्टराई, कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराई, उपभोक्ता हित संरक्षण मञ्च झापाका अच्युतराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका चन्द्रप्रसाद मिश्र, भद्रपुर नगरपालिकाका विभा पासवान, राजेन्द्रप्रसाद ढकाल, श्यामप्रसाद गुरागाई लगायतको उपस्थिती रहेको थियो । तस्वीरः गंगा बराल
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- ७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक
- काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै
- महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित
- फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १८०,एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८००
- महानगर ११ मा काँग्रेसका उम्मेदवार तण्डुकार र २५ मा डंगोल निर्वाचित
- महानगर मतगणनाको अद्यावधिक विवरण : स्वतन्त्र उम्मेदवार वालेनको नाघ्यो ४० हजार मत
- काठमाडौं महानगर २४ मा काँग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित
- ७५३ स्थानीय तह मध्ये ७०१ पालिकाको नतिजा सार्वजनिक , काँग्रेस पहिलो स्थानमा
- महानगर वडा न ७ मा काँग्रेस उम्मेदवार होडा नेतृत्वको प्यानल निर्वाचित
- पश्चिमी वायुको प्रभाव : काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान