शुक्रबार, माघ ९, २०७७

गायिका बर्देवाको अर्को चर्चित गीत थाहा छैन सार्वजनिक

लन्डन माघ २२,  चर्चित गायिका शर्मिला बर्देवाको नयाँ गीत ूथाहा छैन के के पाए के के गुमाएू को म्युजिक भिडियो सार्वजनिक भएको छ। नाफा घाटा नसोचेर माया लगाएको र त्यसरी माया लगाउंदा गुमाएका र पाएका भावलाई गीतमा समेटिएको छ। लोकप्रिय गीतकार राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत रहेको उक्त गीत गायिका बर्देवाको युट्युब च्यानलबाट सार्बजनिक भएको छ।

अहिले स्रोता दर्सकसंग कलाकारहरुको सम्बन्ध गाँस्न प्रबिधि डिजीटलाईज भएको अवस्थामा स्रोताहरुसंग सिधा सम्पर्कको लागि कुनै तेस्रो पक्षबाट भन्दा आफ्नै च्यानलबाट गीत रिलिज गर्नु पर्छ र यदि तेस्रो माध्यमबाट गीत सार्वजनिक गर्नु परे राम्रो डिलमा कानुनी रुपमा सम्झौता गर्नुपर्ने गायिका बर्देवा बताउनहुन्छ। त्यसरी आफ्नो सिर्जनाहरु सार्बजनिक गर्दा आफ्नो सिर्जनाको हक अधिकार कलाकारसंगै सुरक्षित हुने गायिका बर्देवा बताउनुहुन्छ।

हाल लन्डन बस्दै आउनु भएकी गायिका शर्मिला बर्देवाले आधुनिक गीत र नेपाली फिल्ममा गरि ८५० वटा गीत रेकर्ड गरिसक्नु भएको छ। गायिका बर्देवाको चर्चित गीतहरुमा आगो लाग्यो दिलैमा , आँखैमा झल्झली , तस्बिरमा यस्तो, म संग तिमी , सुनको बिहानी, फुलको जवाफ पत्थरले दिनेलाई, सर सर अलि वर, निल काँडा झैँ मन फुल्यो लगायत रहेका छन्।

मोडेलहरु बिशाल ढकाल र नायिका महिमा सिलवालको अभिनयको गीतको रो प्रोडक्सन युकेले निर्माण गरेको हो। चितवनको लेक ट्वान्टी थाउजेन्ड फार्म रिट्रिटको रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त गीतको सिनेमाटोग्राफी फोस्टास टालाका गरेका छन् भने निर्देशन र सम्पादन रो प्रोडस्क्सन युकेका दिपेश रेग्मीले गरेका हुन्। बेलायतमा सिनेमाटोग्राफी र निर्देशन सम्बन्धी अध्ययन गरेका रेग्मीले निर्देशन गरेका म्युजिक भिडियो र डकुमेन्ट्रीहरु चर्चामा रहने गरेका छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031