तोकिएको पारिश्रमिक यिनीहरू नै बुझ्छन्।
काठमाडौमा महंगा घर घडेरी यिनै जोड्छन्।।
ईमान्दारलाई घेरा बन्दीमा पार्न यिनै खोज्छन् ।
असल सुशासनको कुरा यिनै के बिधि गर्छन्।।
कानुन बिपरित काम गर्न दबाब तिनै दिन्छन्।
अनि तिनै ब्यक्तीले सबैलाई बदमास देख्छन्।।
आफ्नो अनुकुल नियम कानुनको ब्याख्या यिनै गर्छन।
कतिपय कुरा नबुझी कन लौआफ्नै मात्र जिद्धि गर्छन् ।।
लौ हेर फोहरमा डुबेकाले जताततै फोहरै देख्छन् ।
गुलाफको बास्नालाई पनि यिनिहरू गन्धै ठान्छन् ।।
मानिसको ब्यबहार र प्रस्तुति बाट नै पहिचान हुन्छ।
उस्को प्रस्तुति बाट कुन हैसियतको हो स्पष्ट खुल्छ ।।
फूलको आँखामा फूलै संसार यहि भएर पो रहेछ।
काडाको आँखाले काँडैको संसार पो देख्दो रहेछ।।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
[TABS_R id=73174