शनिबार, बैशाख ८, २०८१

यस्तो छ मन्त्रिपरिषद बैठकको १४ बुँदे निर्णय

राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा नदिने जानकारी

काठमाडौं पुस २६ , गत पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा नदिने जानकारी दिदै सरकारले मन्त्रिपरिषद बैठकमार्फत नेपाल विशेष सेवा (आठौं संशोधन)  नियमावली, २०७५ को स्वीकृती एवम् राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम स्वीकृत गर्नुको अलावा १४ बुँदे विभिन्न नितिगत निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले संघीय संसदमा प्रस्तुत् गरेको वक्तव्यमा समावेश भएका तथ्यांक गलत नभएको प्रस्ट पार्दै‘क्लिनफिड’को नीति कुनैपनि मिडिया हाउसलाई कमजोर बनाउनेभन्दा पनि व्यवस्थित गर्ने उद्देश्यले ल्याएको हुँदा अनावश्यक टीका–टिप्पणी नगर्न आग्रह गर्दै नेपाली सेनाका ७ जना प्रमुख सेनानीलाई दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने र १३ जना महासेनानीलाई सरुवा गर्ने निर्णय संगै नेपालगन्जमा रंगशाला परिसरभित्र रहेका दुई कठ्ठा सात धुर जग्गा प्राप्त गर्न राष्ट्रिय खेलकुद परिषद्लाई स्वीकृति दिने निर्ण गरेको जानकारी दिनु भएको छ।

त्यसैगरी सरकाराले मप बैठकमार्फत के के निर्णय गरे हेर्नुस विज्ञप्ति

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।