शुक्रबार, बैशाख १४, २०८१

५ संवैधानिक आयोगका अध्यक्षमा को-को भए सिफारिश ?

काठमाडौ माघ ६, प्रम केपी ओलीको अध्यक्षतामा आज बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न ५ संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ ।

बैठकले सिफारिस गरेका आयोगका अध्यक्षहरुमा क्रमस राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्यूठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्त , थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिस गरेका छन ।

यसरी सिफारिस भएका अध्यक्षहरुलाइ नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक आयोगका अध्यक्षको पद तथा गोपनीयताको शपथ गराइने प्रवाधान रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174