शुक्रबार, चैत्र १६, २०८०

१४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गर्ने नासु श्रेष्ठविरुद्ध विरुद्ध मुद्धा दायर

काठमाडौं माघ १७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तर्राष्ट्रिय विमानस्थलका नासु श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध साढे १४ करोडभन्दा बढी ‘अकुत’ सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । विमानस्थलमा सुनको जाँच गर्ने मेसिन चलाउने श्रेष्ठ ३३ किलो सुन तस्करीमा तानिए पछि उनको विषयमा चर्चा परिचर्चा शुरु भएको
हो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० ९२० अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचारवापतको चल अचल सम्पत्ति जफत र १४ करोड ६१ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ । उनी सुन तस्करीको अभियोगमा २०७३ पुस २७ गते निलम्बनमा परेका थिए । श्रेष्ठले ३३ किलो सुनमा प्रतिवादी ठहरिएका गुप्तलाल भुसाल र हरिशरण खड्काले दुबईबाट पठाएको सुन स्क्रिनिङ गरेर विमानस्थलबाट बाहिर पठाउने गरेको अभियोग छ । त्यही अभियोगमा रेडियो अपरेटर शाखाका प्रमुख श्रीनारायण यादवलाई पक्राउ गरिएको थियो ।

श्रेष्ठले श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठसहित परिवारका अन्य सदस्यका नाममा अवैध सम्पत्ति लुकाएको दाबी गरिएको छ । उनको परिवारको नाममा काभ्रेपलान्चोकमा ३ सय रोपनीभन्दा बढी जग्गा छ । सार्वजनिक सेवामा प्रवेश गरेको २२ वर्षको अवधिमा उनले गैरकानुनी धन आर्जन गरेको अख्तियारले जनाएके दायर मुद्धामा दाबी गरेको छ ।

त्यस्तै दायर मुद्धामा उल्लेखभएअनुसार श्रेष्ठले वैधानिक रूपमा नौ करोड ६३ लाख ८२७ रुपैयाँ आर्जन गरेका देखिएको छ भने सोही अवधिमा उनले १९ करोड ७४ लाख ५५ हजार ८१६ रुपैयाँ खर्च तथा लगानी गरेका छन् । उनको १० करोड ११ लाख ४६ हजार ९८८ रुपैयाँ गैरकानुनी आर्जन देखिएको छ । श्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउ गरेको ४ करोड ४९ लाख ७७ हजार ४९० समेत गरी कुल १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।