बिहिबार, बैशाख ६, २०८१

१० लाख धरौटी बुझाउँदै पूर्वगभर्नर रावल तारिखमा छुटे

काठमाडौ माघ ७, १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइको क्रममा अनियमिता गरेको अभियोगमा मुदा दायर गरेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावल रु १० लाख धरौटी बुझाउँदै आज तारिखमा रिहा भ एका छन ।

अख्तियार द्रुपयोग अनुसन्धान आयोगद्दारा पूर्व गर्भनर रावल  सहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेललाई जनही रु ९१ लाख नौ हजार र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कूल रु दुई करोड ७३ लाख बिगोसहित विशेष अदालतमा दायर गरेको थियो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले दिएको आदेशानुसार आज अदालतमा उपस्थित हुँदै धरौटी रकम बुझाएर तारिखका रिहा भएको अदालतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174