शनिबार, बैशाख ८, २०८१

हाम्रो शरिर……

सनतकुमार थापा –

   यो हाम्रो शरीरले पनि लौ न के के खोज्दो रहेछ।
पेटले भोक लागेको बेला खानेकुरो खोज्दो रहेछ।।

ऑखाले आफ्नो वरिपरि के हुदैछ हेर्न खोज्दा रहेछ।
कानले हेर त के भन्छन भनि सबै सुन्न खोज्दो रहेछ।।

नाकले मिठो नमिठो गन्धको पहिचान खोज्दो रहेछ।
जिब्रोले थरि थरिका स्वादहरू लिन पो खोज्दो रहेछ।।

मुखले फेरी हेर ठिक बेठिक भनि बोल्न खोज्दो रहेछ।
दाँत हेर जिब्रोको सहयोगमा खानेकुरा चपाउदो रहेछ।।

फेरि हात हेरन कति धेरै चलिरहन पो खोज्दो रहेछ।
खुट्टाहरू हिड्न र कहिले कही दौडन खोज्दो रहेछ।।

अझ शरिरका अन्य भागले हेरन झन के के खोज्दो रहेछ।
कहिले न्यानो त कहिले कहिँ सितल पनि खोज्दो रहेछ।।

सबैले आ-आफ्नै आबस्यकताहरू पुरा गर्न खोज्दो रहेछ।
मनले त झन के के पो सोची अगाडी बढ्न खोज्दो रहेछ।।

आबस्यकता पुरा गर्न खज्ने अंग बाट निर्मित यो शरिर रहेछ।
यस्तो शरिर युक्त मानिसहरू कसरि चुप चाप रहि बस्न सक्छ।।

फेरी कहिले कहि अरू बाट माया र सद्भाब पनि खोज्दो रहेछ ।
अनि फेरि ऊ अरू भन्दा ठुलो भई मान सम्मान खोज्दो रहेछ।।

उस्को जिवनमा लौ हेर अनगिन्ती आबस्यकता र दाईत्व हुदो रहेछ।।
भन्नुस अनि कसरी यस्तो मानिस बाट निस्पक्ष काम कुरो हुन सक्छ।।

जसरी भए पनि उस्ले आफ्नो ईच्छा र आकांक्षाहरू सबै पुरा गर्नु पर्छ।
यीनै आबस्यकता पुरा गर्न होला मानिसले राम्रा नराम्रा काम गर्दो रहेछ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174