बिहिबार, चैत्र १५, २०८०

सार्वजनिक जग्गाको पहिचान सहित पार्क निर्माणको लागि उपभोक्ता समिति गठन

काठमाडौ पुस २९,  काठमाडौं निर्वाचन क्षेत्र नं ८ को स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरगत कामपा वडा नं १३ पुरानो कालिमाटी रिङ्ग रोड पारी, प्रस्तावित सार्वजनिक जग्गा संरक्षण र पार्क निर्माणको लागि स्थानीय जनसमुदायको भेलाबाट उपभोक्ता समिति गठन गरिएको छ

समितिले स्थानीय क्षेत्रमा रहेको सार्वजनिक जग्गाको पहिचान त्यसको संरक्षण  तथा यावत दैविक विपत्तिको क्रममा प्रयोग गर्न मिल्ने पूर्वाधार सहितको पार्क निमांण गर्ने लक्ष्य लिएको छ ।

त्यस् अवसरमा संघीय ससंदका सदस्य एवम् स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमका संयोजक जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धरतथा वडा सदस्य राम बाबू कोइरालाको उपस्थिति रहेको प्राप्त जानकारीमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174