मङ्लबार, बैशाख ११, २०८१

सहिदको बलिदानीका कारणनै मुलक आज संघीय गणतान्त्रिक बन्न सफल भएको हो :कावा प्रम पोखरेल

टेकु खरिबोटमा सहिद शुक्रराज शास्त्रीको शालिक अनावरण

काठमाडौं माघ १०,   राजधानीकोे टेकु मचलीस्थित सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिईको स्थानमा स्थापना गरिएको उनको पूर्ण कदको शालिक सहिद सप्ताह शुभारम्भको अवसरमा आयोजित एक कार्यक्रमकावीच अनावरण गरिएको छ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेल र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शालिकको अनावरण गर्नु भएको हो ।

शालिक अनावरण कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलल सहिदको बलिदानीका कारणनै मुलक आज संघीय गणतान्त्रिक बन्न सफल भएको बताृँउँदै प्राप्त उपलब्धीलाइ संस्थागत गर्न सवै दलको एउटै दृष्टि हुनु पर्ने बताउनुभएको छ । त्यस्तै उहाँले मुलुकको विद्यमान संरचना बनाउँन महत्वपूर्ण योगदान गर्ने सहिदको योगदान आफैमा महत्वपूर्ण रहेका बताउँदै उहाँले भन्नुभयो  सहिदको बलिदानीका कारणनै मुलक आज संघीय गणतान्त्रिक बन्न सफल भएको हो । यसअर्थमा पनि प्रस्तुत प्रणालीलाई संस्थागत गर्न पक्ष र प्रतिपक्ष भएर हुँदैन सवै एकाका हुनुपर्छ ।

त्यस्तै कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्ने नपाइने अवस्थामा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुती दिने सहिदहरुको योगदान आफ्ना लागि सिकाइ भएको बताउँनु भएको छ । श्रद्धाञ्जली सभामा धारणा राख्ने क्रममा महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले जनताका कुरा नजिकबाट सुन्न सक्ने तहगत सरकार बन्ने वातावरणका लागि सहिदहरुले गरेको त्यागलाई प्रजातन्त्रको गुरुमन्त्र मान्नु पर्ने बताउनुभयो । त्यस्तै सभामा शुक्रराजको शालिक निर्माणको प्रसङ्ग उल्लेख गर्दै वडा १२ का अध्यक्ष एवं वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले — प्रजातन्त्रका लागि सहादत प्राप्त गर्ने सहिदका कारण आफू जनप्रतिनिधि हुन पाएकोले, उहाँहरुको सम्मानमा शालिक निर्माण गर्न लगाएको बताए ।

श्रद्धाञ्जली सभामा संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्य, पूर्व मन्त्री तीर्थराम डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य र जनसाधारणको उपस्थिति थियो ।

महानगरको वडा १२ ले १० लाख खर्च गरेर पित्तलको साढे ५ फिट अग्लो पूर्ण कदको शालिक निर्माण गराएको हो ।   शालिक महेश तुलाधरले ४ महिना समय लगाएर तयार पारको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु