शनिबार, बैशाख ८, २०८१

सहकारीको सफलता र असफलता संस्थाको व्यवस्थापनमा निर्भर :सासंद शाक्य

काठमाडौं पौष २१ , कामपा वडा १९ ढोकाटोलस्थित मण्ड बचत तथा ऋण सहकारी संस्थाले एक विशेष कार्यक्रमकावीच आफ्नो ११ औ  वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

प्रदेश न ३ का सासंद राजेश शाक्यको प्रमुखआतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै सासंद शाक्यले सहकारीको सफलता र असफलता त्यस संस्थाको व्यवस्थापनमा निर्भर रहने बताउँदै व्यवस्थापन राम्रो भए संस्था स्वभाविक रुपमा प्रगति उन्मुख हुने बताउँनु भएको छ । साथै उहाँले मण्ड सहकारीको विगत र वर्तमान अवस्थावीचको प्रगतिलाइ हेर्ने हो भने तुलनात्मक रुपमा सुधार उन्मुख रहेको भन्दै भावी दिनमा सहकारीको थप प्रगतिको  कामना गर्नु भएको छ ।

संस्थाको संस्थाका अध्यक्ष जगदिश्वर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव श्रीजन झा लगायतका वक्ताले शुभकामना अभिव्यक्ति दिनु भएको थियो

कार्यक्रमको दोस्रो सत्रमा संस्थाका कोषाध्यक्ष प्रवीन महर्जनको तर्फबाट ले आर्थिक प्रतिवेदन लेखा विज्ञ वालमुकन्द मुल्मीले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै गरकार्यक्रम स्वर्ण पदक विजेता महेश्वर महर्जनलाइ समेत सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष दिनेश ताम्राकारको स्वागत अभिव्यक्तिबाट सुरुभएको प्रस्तुत कार्यक्रम असल वतचकर्ता र असल कर्जादातालाइ समेत विशेष सम्मान सम्मान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।