शुक्रबार, बैशाख ७, २०८१

सर्वोच्चको प्रधानन्यायाधीशमा जबरा सर्वसम्मत

काठमाडौं पुस १७,  संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले सर्वोच्चका लागि प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नाम सुनवाइ पछि सर्वसम्मत अनुमोदन गरेको छ ।

समितिले प्रस्तावित प्रधानन्यायाधीश जबरासँग यही पुस १५ गते संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइ नसकिएकाले आज सुनुवाइको लागि समितिको बैठक बोलाइएको थियो ।

समितिका संयोजक लक्ष्मणलाल कर्णले समितिबाट प्रस्तावित प्रधानन्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन भएको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट���युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु