बिहिबार, चैत्र १५, २०८०

सरकार पेलानमा प्रस्तुत भयो भने प्रतिउत्तर  दिनु वाहेकको अर्को विकल्प रहन्न :नेता थापा

सभामुखले निर्वाह गर्दै आइरहेको भूमिका सन्तोषजनक नभएको जनाउ दिदै नेता थापाले सभामुखको पदमा आसिन भैसकेपछि दलीय नेताको व्यवाहर गर्नु नहुँनेमा जोड

काठमाडौ माघ १०,  कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले राजधानीमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संसदमा
सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए शुक्रवार बस्ने संसद बैठकमा मुठभेडको संभावना रहेको बताउँनु भएको छ ।

 सभामुखले निर्वाह गर्दै आइरहेको भूमिका सन्तोषजनक नभएको जनाउ दिदै नेता थापाले सभामुखको पदमा आसिन भैसकेपछि दलीय नेताको व्यवाहर गर्नु नहुँनेमा जोड दिनु भएको छ । साथै उहाँले चिकित्सा शिक्षा विद्येयकको लागि सभामुख कृष्णबहादुर महराको न्यायपूर्ण र विवेकपूर्ण हुने अपेक्षा गर्दैगर्दा दुःखका साथ भन्नुपर्छ सभामुखको भुमिकाबाट हामीले महशुस गर्न नसकिरहेको  बताउँनु भएको छ ।

त्यस्तै नेकपाकै जिम्मेवार नेता एवम् संसदको सदस्यहरुले भोलि सदनमा यस्तो–यस्तो हुन्छ भनेर बाहिर घोषणा गर्दै हिडेको पक्षलाइ लक्षित गर्दै नेता थापाले त्यसको कडा प्रतिवाद गर्दै भने शुक्रवार ससंद बैठक बस्नु अघि सभामुखले निष्पक्षरुपमा प्रतिपक्षीदललाइ बोलाएर छलफल गर्ने भन्ने अपेक्षा रहेको जनाउ दिनुको अलावा सरकारले समेत यसविषयमा हामीसँग छलफल गर्छ र नयाँ परिस्थितिको सिर्जना गर्छ भन्ने प्रतिपक्षीदलको अपेक्षा रहेको बताए ।  तर पेलेर देखाईदिन्छु र मुठभेड गर्छु भन्छ भने त्यो बेलामा प्रतिउत्तर दिनेभन्दा आफूहरुसँग अर्को विकल्प नहुने जनाउ दिए  ।

प्रधानमन्त्री ओलीले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता लागु गर्नुपर्ने बताए  साथै संसदीय सर्वोच्चता भनेको समितिको सर्वोच्चता होईन । अहिले समितिले पारित गरेको हो । संसदले होईन । समितिले पारित गरेको प्रतिवेदनलाई शिक्षामन्त्रीले प्रस्तुत ििवदेयकमा तत कुरा सच्याउन चाहन्छु भन्नुभयो भने उहाँले सच्याउन पाउनु हुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174