शुक्रबार, चैत्र १६, २०८०

सरकार न्यूनतम पारिश्रमिक लागू गराउँन खरोरुपमा उत्रने : सञ्चारमन्त्री बाँस्कोटा

भक्तपुर माघ ५, नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २१औं साधारणसभाको उद्घाटन गर्दै सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीवी पत्रकार एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गराउँन सरकार पूर्ण प्रतिवद्ध रहेको बताउँदै आफु मन्त्रालयको जिम्मेवारीमा भएपनि नभएपनि वर्तमान नेकपा नेतृत्वको सरकार श्रमजीवीको न्यूनतम पारिश्रमिक लागू गराउँन खरो भएर लाग्ने बताउँनु भएको छ

त्यस्तै उहाँले सम्बोधनको क्रममा पत्रकारको काम भनेको समाचार लेख्ने हो राजनीति गर्ने होइन भन्दै पछिल्लो समय सरकारको कामबरवाही प्रति पूर्वाग्राही समाचार प्रकाशन र प्रशारण हुनु आफैमा सकारात्मक सन्देश नभएको बताउँनु भएको छ । त्यसअवसरमा मन्त्री वास्कोटाले महासङ्घद्दारा प्रकाशित स्मारिकाको विमोचन गर्नुको अलावा नगद रु दुई हजार ५०० को मैयादेवी स्मृति पत्रकारिता पुरस्कार नारायण किलम्बुलाई प्रदान गर्नुभएको छ ।

साधारण सभाको उद्घाटनसत्रमा पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना विभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । त्यस्तै पूर्वमन्त्री महेश बस्नेतले ठूला मिडिया सरकारविरुद्ध अपवाह फैलाउँने  चिन्तमा रहेको बताउँनु भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष दिलीप थापामागर,नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, नेकपामा भक्तपुर अध्यक्ष वचन देउजा, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले नेपाली पत्रकारितोको पछिल्लो आवश्यकता औचित्यको सवालमा अभिमत प्रस्तुत गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174