बिहिबार, बैशाख १३, २०८१

सरकारले स्पष्ट दृष्टिकोणको अलावा लिढेढिपी प्रदर्शन गरे आजको संसद बैठक पनि अवरुद्ध हुँने काँग्रेसको जनाउ

काठमाडौं माघ ८,  सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना नेताद्दय अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने सरकारको स्पष्ट दृष्टिकोणको माग गर्दै  बैठक अवरुद्ध पारेसंगै स्थगन भएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज  अपरान्ह ३ बजेबस्ने बैठकको कार्यसूची राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संगै लोक सेवा आयोग विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी, कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक, विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक उपर छलफल गर्दै पारित गर्ने रहेको संसद सचिवालयले जनाएको छ ।

यद्यपी आजको बैठकमा पनि प्रतिपक्ष नेपाली कांग्रेसको तर्फबाट प्रस्तुत मागको सवालमा सरकारको तर्फबाट कुनै सुनवाइ  नगरी    लिढेढिपी प्रदर्शन गरे आजको संसद बैठक पनि  निश्चितरुपमा अवरुद्ध हुने देखिएको छ ।

त्यस्तै प्रतिपक्षदल कांग्रेसले उठान गरेको मागका सवालमा सभामुख समेतले सरकारको ध्यानाकर्षण गराइसकेको अवस्थामा अव सरकारको  भूमिका कस्तो हुने त्यो भने प्रतिक्षfको विषय बनेको छ । साथै सरकार लिढेढिपी गर्दै अगाडि बढ्न खोजे आजपनि संघीय संसद्का दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गर्ने काँग्रेसको  तयारी रहेको सम्वद्धस्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174