शुक्रबार, बैशाख ७, २०८१

सरकारको अधिनायकवादी चरित्र विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलित

सभामुखले आफ्नो कर्तव्य र मर्यादालाई तिलाञ्जलि दिएको आरोप

काठमाडौं माघ ११, प्रतिनिधिसभाबाट आज एकलौटी रुपमा चिकित्सा शिक्षा विधेयक पारित गर्दै सरकारले प्रदर्शन गरेको चरित्र विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्दोलित भएका छन ।

सरकारले संसदीय मर्यादाविपरीत चिकित्सा शिक्षा विधेयक पारित गरेर आफ्नो अधिनायकवादी चरित्रको आवरण उजागर गरेको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज अपरान्ह पार्टी मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारी कदमको विरोधमा कांग्रेसले सडक आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गर्दै अव सदन सडक दुवैतर्फबाट सरकारको विरोध सुरु हुने जनाउ दिनु भएको छ । ािथै आन्दोलनका कार्यक्रम अन्र्तगत आईतबार बस्ने केन्द्रीय समिति बैठकले आन्दोलनको थप कार्यक्रम समेत निर्धारण गर्ने निर्णय समेत गरेको छ

यस्तो काँग्रेसको ७ बुँदे निष्कर्ष: 

त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले संसदमा आज भएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै प्रस्तुत घटनाको सवालमा सभामुखले आफ्नो कर्तव्य र मर्यादालाई तिलाञ्जलि दिएको आरोप समेत लगाउँनु भएको छ । त्यस्तै पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा काँग्रेसले ७ बुँदे निष्कर्ष सहितको अभिमतमा कांग्रेसले राष्ट्रव्यापी रुपमा थप आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु