शुक्रबार, चैत्र १६, २०८०

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौ माघ ४, नेपाली काँग्र���सका सभापति शेरबहादुर देउवाले पार्टीका नेता एवम् नेपाल तरुण दल कास्कीका संस्थापक केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दैै उहाँको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । सभापति देउवाले आज जारी गर्नुभएको शोक विज्ञप्तिमा रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत विताउनुको अलावा पञ्चायती व्यवस्था विरुद्ध सचेतना अभिवृद्धि गर्न सम्मति नामक पत्रिकाको सम्पादक भएर पनि उहाँले काम गर्नु भएको थियो उल्लेख गर्नु भएको छ ।

त्यस्तै सभापति देउवाले सिन्धुपाल्चोक काङ्ग्रेसका पूर्वमहासमिति सदस्य भक्तध्वज प्रधानको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ । स्व प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174