शुक्रबार, चैत्र १६, २०८०

संहिता निर्माण गर्नुपूर्व अनलाइन सञ्चारमाध्यमको वर्गिकरण गर्न आवश्यक : पूर्व अध्यक्ष झा

 काठमाडौं माघ ५, नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समिति र सेन्टर फर मिडिया रिसर्चको आयोजनामा पत्रकारका लागि सोसल मिडिया प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयक अन्तरक्र्रियाको आयोजना गरिएको छ ।  अन्तरक्र्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुकै आग्रहमै सामाजिक सञ्जाल प्रयोग सम्बन्धी संहिता निर्माण गर्न लागेको जानकारी दिनु भएको छ । यद्यपी प्रस्तावित विषयमा प्रेस सरोकारवालासंग वृहत छलफलबाट मात्र कार्यान्वयनमा ल्याइने उहाँको भनाइ रहेको थियो ।

त्यस्तै महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नियम बनाउदा अनलाइन सञ्चारमाध्ययम र सामाजिक सञ्जाललाई बर्गिकरण गर्नुपर्ने बताउनुभयो

त्यस्तै महासंघका उपाध्यक्ष विपुल पोख्रेलले सञ्चार गृहको विश्वासनीयताका लागि सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नियम ल्याउन लागेको बताउनु भयो । कार्यक्रममा सामाजिक सञ्चालन सम्बन्धि संहिता बनाउन बनेको कार्यदलका संयोजक तथा महासंघका सचिव प्रकाश थापाले विभिन्न छलफलका क्रममा प्राप्त सुझाव सहितको प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ डिजिटल मिडिया समितिका संयोजक लेखनाथ न्यौपानेले पत्रकारहरुलाई सामाजिक सञ्जाल प्रयोग सम्बन्धी साक्षरताका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भएको उक्त कार्यक्रममा महासंघका सचिव , कोषाध्यक्ष, सदस्य तथा अनलाईन पत्रकार संघका अध्यक्ष लगायत विभिन्न सञ्चार माध्यममा क्रियाशिल पत्रकारको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174