शुक्रबार, चैत्र १६, २०८०

शक्तिपीठ कंकेश्वरी मन्दिरको निर्माण : सरोकारवाला निकाय र स्थानीय गुठीगाना सम्वद्ध पक्षवीच परामर्श

काठमाडौं माघ ८, कामपा वडा न. १९स्थित एक महत्वपूर्ण शक्तिपीठ कंकेश्वरीको मन्दिर निर्माणको क्रममा कुनै सम्झौता नगरि गुणस्तरीय कार्य सम्पादन गर्न सरोकारवाला निकाय र स्थानीय गुठीगाना सम्वद्ध पक्षवीच आवश्यक परामर्श गरिएको छ ।

परामर्शको क्रममा स्थानीय क्षेत्रबाट निर्वाचित संघीय ससंदका सदस्य जीवनराम श्रेष्ठ नेतृत्वको प्रतिनिधी मण्डलपुरात्तत्व विभागका कामु महार्निदेशक दामोदर गौतमवीच विभागका ईन्जिनियर पूर्ण बहादुर श्रेष्ठको समेतको उपस्थितीमा छलफल भएको थियो ।छलफलको क्रममा मन्दिर सम्वद्ध गुठीगाना अन्र्तगत  कंकेश्वरी अजिमा खलः संरक्षण समितिका उपाध्यक्ष बालकृष्ण महर्जन, गुठीका प्रतिनिधि, बालकृष्ण खड्गी लगायतले मन्दिर निर्माणको क्रममा अपनाइनुपर्ने विविध पक्षमा राए सुझाव दिनु भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174