बुधबार, बैशाख १२, २०८१

विभागका महानिर्देशक ढकालको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनप्रति कार्यदल सदस्यवीचनै विमति  

काठमाडौं माघ २ , गत पुस २२ गते स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको औषधि परामर्श समितिको बैठकको निर्देशन अनुरुप औषधि व्यवस्था विभाग लगायतका सम्वद्ध संघसंस्थाका प्रतिनीधीवीच भएको प्रारम्भिक छलफल पछि  विभागका महानिर्देशक नारायण ढकालको संयोजकत्वमा गठित समितिले तयार पारेको मार्गचित्र विवादास्पद बनेको छ ।

कार्यदलमा रहेको सम्वद्ध संघसंस्थाका प्रतिनिधीहरुवीच कार्यदल गठन भएयता पटक-पटक बैठक भएपनि कुनै नितिगत निर्णय नभएपनि विभागका महानिर्देशक   ढकालले एकलौटीरुपमा कार्यदलको प्रतिवेदन भन्दै दोहरो अर्थ लाग्ने भाषाको प्रयोग गर्दै प्रतिवेदन तयार पारेसंगै कार्यदलको प्रतिवेदन विवादास्पद बनेको हो ।

औषधि व्यवस्था विभागका महार्दिेशक नारायण डढकालको संयोजकत्वमा गठित कार्यदलमा को को छन कार्यदलमा :   औषधि उत्पादक संघका अध्यक्ष  दिपक दाहाल , नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य , नेपाल औषधि व्यवसायी संघका  अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठ, वाणिज्य मन्त्रालयका प्रतिनिधी र स्वास्थ्य मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा.दिपेन्द्र रमण सिंह  रहेका  छन ।

यस्तो छ महानिर्देशक ढकालले एकलौटीरुपमा तयार पारको आज बस्ने परिषदको १६ औँ बैठकमा पेश हुँदै गरेको प्रतिवेदन:

कार्यदल सम्वद्ध एक सदस्यका अनुसार कार्यदलको छलफलको क्रममा अनौपचारिकरुपमा भएको छलफल र उपस्थिती पुस्तिकामा गरिएको दस्तखतलाइ नितिगत सुझाव सहितको निर्णय पुस्तिका र उक्त प्रतिवेदनमा उल्लेख गरिएको सुझाव कार्यदलको सुझाव भन्दै भन्दै प्रतिवेदन तयार पार्नु आफैमा बदनियत भएको बताउँदै ति सदस्यले प्रस्तुत प्रतिवेदन उपर आफ्नो पूर्ण विमति रहेको बताए   ।

त्यस्तै कार्यदलका सदस्य रहेका नेपाल औषधि व्यवसायी संघका  अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले   उपस्थिीतीमा  दस्तखत गरे पनि निर्णयमा नगरेको बताउँनु र त्यस्तै विभागका महानिर्देश नारायण ढकालले आफ्नो प्रतिवेदन तयार गरेको सवालमा हामीले कार्यदलका एक सदस्यलाइ टेलिफोन सम्पर्क गर्दै जिज्ञासा राख्दा उहाँले विभागले संयोजक हैसियतमा आफ्नो दायित्व पुरा गर्दै प्रतिवेदन तयार पारेको र प्रतिवेदनमा उल्लेख भएको सुझाव कार्यदलको नभएको जिकिर गर्नुले पनि प्रस्तुत प्रतिवेदनको औचित्य के कति भन्ने आफैमf प्रष्ट देखिएको छ । साथै औषधि व्यवसायी संघका  अध्यक्ष श्रेष्ठले आज बस्ने कार्यदलको बैठकमा प्रस्तुत प्रतिवेदन उपर छलफल हुने र त्यसपछि बन्ने प्रतिवेदनले मात्र अर्थ राख्ने जनाउ दिएका छन । स्मरण रहोस आज आज परिषदको १६ औँ बैठक बस्दै छ ।

त्यस्तै विभागका महानिर्देशक ढकालको संयोजकत्वमा तयार भएको प्रतिवेदनमा कार्यदलको सुझाव भन्दै औषधिको मुल्य निर्धारण कार्यविधिको सवालमा परिषदको १५ औ बैठकमा प्रस्तुत अनुसुची १ बमोजिम   मुल्य निर्धारण कार्यविधिको कार्यान्वयन गर्दा उचित हुने त्यस्तै एकातर्फ स्वदेशी औषधि उत्पादनको सवालमा औषधि आयात गर्दै आइरहेको व्यवसायीको व्यवसायलाइ पर्ने असरको सम्बोधन गर्दै निति अख्तियार गनुपर्ने उल्लेख गरिएको छ भने अर्कोतर्फ स्वदेशी औषधिको उत्पादनलाइ प्रोत्साहन र विकासको लागि सवै खालका निति सरकारले अवलम्वन गर्दा उचित रहेको भन्ने जस्ता भाषाको प्रयोग गर्दै सरकारले आवश्यक सवै खालका उपाय अख्तियार गर्न राए दिएको छु भन्ने भाषाको प्रयोग गर्दै घुमाउरो पारामा आयात औषधिको कारोवारमा निषेध गर्ने परिपञ्चलाइ सम्बोधन गर्ने मनशाय राखेको व्यवसायीहरुले बताए । ज्ञात रहोस  प्रस्तुत प्रतिवेदन  स्वेदेशी उद्योगलाई प्रोत्साहन,मूल्य नियन्त्रण एवम् उत्पादनको सवालमा आत्मानिर्भर भइसेको नाममा छिमेकी मुलुक भारत लगायत अन्य मुलकबाट समेत नेपाल आयात भइरहेको सामान्य देखि गम्भीर प्रकृतिका रोग निवारणको लागि प्रयोग हुँने औषधिको आयातमा रोक लगाउने परिपञ्चको सेरोफेरोमा नै केन्द्रीत भएको दावी गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।