शनिबार, बैशाख ८, २०८१

वानेश्वरमा सरकारविरुद्ध प्रतिपक्षीदलको संयुक्त प्रदर्शन , प्रहरी र प्रदर्शनकारीवीच झडप

काठमाडौ माघ १३ , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन भ्रातृ संगठन सरकारविरुद्ध संयुक्त रुपमा सडकमा उत्रिएका छन् । सरकारले दुइतिहाइको दम्भ प्रदर्शन गर्दै संसदीय सर्वोच्चताको वर्खिलाप चलेको आरोप लगाउँदै नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकारको विरोध गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरुले चिकित्सा शिक्षा विधेयक खारेज गर्नु पर्ने, आफ्ना नेतादयको नाममा रहेका अस्पताल खारेज गर्न नहुने, अनसनरत डा।गोविन्द केसीको माग पुरा गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यसैवीच विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ताले बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा प्रदर्शनकारीर प्रहरीवीच झडप र्भको छ ।
झडपको क्रममा दर्जनौ विधार्थी नेता घाइते भएका छन ।  प्रहरीसंगको झडपमा नेविसङ्घका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का, चन्द्र विकलगायत विद्यार्थी घाइते हुनुभएको नेविसङ्घले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174