बिहिबार, चैत्र १५, २०८०

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : सभापति देउवा

काठमाडौं पुस २१, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले को भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको आज उद्घाटनसत्रलाइ सम्बोधन गर्दै वाइडबडी विमान भ्रष्टाचार प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ ।
छानविन समितिको प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा समेत सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने परिपत्तच रचेको आरोप लगाउँदै सभापति देउवाले सरकारका यावत परिपञ्चका वाजुद पनि घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले नछाडने उहाँको जिकिर रहेको थियो ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा सरकारले यो वा त्यो नाममा एकपछि हर्को गर्दै शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप प्रारम्भिक सुरवात गरेको बताउँदै सरकारको यसकिसिमको रवैया विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्नुको विकल्प नभएको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डा शेखर कोइराला डा मीनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा डिला सङ्ग्रौला र अमृत अर्याललगायतका वक्ताले समेत सम्बोधन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।