बिहिबार, बैशाख १३, २०८१

वाइडबडी विमान खरिदमा नितिगत भ्रष्टाचार भएको लेखा समितिको ठहर

पूर्व पर्यटन मन्त्रीद्दय सहित वाहालवाला मन्त्री अधिकारी र पर्यटनसचिव देवकोटा, महाप्रबन्धक कंसाकार दोषी रहेको निष्कर्ष सहित निलम्वनको सिफारिस

काठमाडौं पुस २३ , आज बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले नेवानीको वाइडबडी विमान खरिद प्रकरणमा नितिगत भ्रष्टाचार भएको ठहर गरेको छ ।

समितिले आजको बैठकमार्फत विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वपर्यटनमन्त्रीद्दय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव सहित तालुकदार मन्त्रालयका वहालवाला मन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत दोषी ठहर गर्दै   प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिश गरेको छ ।

  यद्यपी आजै विहान पर्यटन मन्त्री अधिकारीले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रस्तुत विमान खरिद प्रकरणमा आफ्नो कुनै संग्लनता नभएको जनाउँ दिदै नेवानीलाए बचाउँन आफुले रकम भुक्तानी गरेको जनाउ दिएका थिए ।

त्यस्तै समतिको बैठकले निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र पर्यटनसचिव कृष्णप्रसाद देवकोटालाई मुख्य दोषी किटान गर्दै निजद्दयलाइ तत्काल निलम्बन गरी हदैसम्मको सजाय दिन सिफारिस गरेको छ भने तत्कालिन पर्यटन सचिव प्रेम राईलाई भने क्लिन चिट दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।