शनिबार, बैशाख ८, २०८१

वल्ल बन्ने भो महाभूकम्पबाट क्षतिग्रस्त स्वयम्भूमा पुजारी आवास तथा विहार

काठमाडौ पुस ३०, २०७२ बैशाख १२ को महाभूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माणको लागि आज विधिवतरुपमा शिलान्यास गरिएको छ ।

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले एक कार्यक्रमकावीच आज आवास गृह तथा विहारको आज शिलान्यास गर्दै यस्तो एतिहासिक महत्व वोकेको भवन र विहारको पूर्ननिर्माणमा ढिलाइ नर्गन आग्रह गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै काठमाडौ शिलान्यास कार्यक्रमको औपचारिक सत्रलाइ सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण गर्न महानगर प्रतिबद्ध रहेको जनाउ दिनु भएको छ ।

महाभूकम्प गएको ३ वर्ष पछि रु १८ करोडको लागत अनुमानित बजेटमा १८ वटा भवन विहार बनाइने जानकारी दिईएको उक्त कार्यक्रममा सांसद रामवीर मानन्धर ,कामपा १५ नं वडाध्यक्ष ईश्वरमान डङ्गोल लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ, प्रदेश सभा सदस्य राजेश शाक्यलगायतको पनि उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174