बिहिबार, बैशाख १३, २०८१

वडाध्यक्ष मानन्धरलाइ पितृ शोक

काठमाडौं पुस २४ , काठमाडौं महानगरपालिका वडा न. २० का अध्यक्ष एवम् काठमाडौं काँग्रेस क्षेत्र न ८ का पूर्व उपाध्यक्ष राजेन्द्र मानन्धरलाइ पितृ शोक परेको छ । वडाध्यक्ष मानन्धरको पिताजी दिपक प्रसाद मानन्धरको ८४ वर्षको उमेरमा उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा आज विहान निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह रोगबाट पिडित हुनुहुन्थ्यो ।

स्व : मानन्धरका आजै जातीय संस्कार अनुसार कामपा वडा.न १९स्थित दिपमा अन्तिम संस्कार गरिएको छ । त्यस क्षण्मा पूर्व मन्त्री नविन्द्रराज जोशी, महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, लगायत महानगरपालिका अन्र्तगत विभिन्न वडाका वडाध्यक्ष , शुभचिन्तक साथीभाइको उपस्थिती रहेको थियो । स्व : मानन्धरको श्रीमती दुइ छोरा र दुइ छोरी रहेका छन ।

दु:खको यस घडीमा मृतआत्माको चिर शान्तिको कामना गर्दै वडाध्यक्ष मानन्धर लगायत शोकाकुल परिवारजनप्रति यस www.kantipurhotline.comको तर्फबाट ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना सहित समवेदना व्यक्त गर्दछौं ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।