शुक्रबार, चैत्र १६, २०८०

रोटरी फुटसलको उपाधी Interact लाइ

काठमाडौ पुस ३०,  राजधानी देखि दुरदराज मात्र नभएर देशभर लोकप्रिय बन्दै गइरहेको मिनि फुटबल अर्थात फुटसल पछिल्लो समय केटाकेटीदेखि सवै उमेरका व्यक्तिको लागि व्यायामको उपयुक्त विकल्प बन्दै आइरहेको छ । सन् २०११ मा नवाङ निमा लामाले ठमेलमा एरेना फुटसलको शुरु सुभारम्भ गरेयता सवैको रोजाइ र आकर्षणको प्रमुख खेल बन्दै आइरहेको फुटसल आफैमा रोमाञ्चकारी त छदैछ त्यसमाथि पनि आफ्नो शरिर���ाइ चलायमान बनाएन राख्न वरदान नै सावित भएको बताइन्छ ।

यसै परिपेक्ष्यमा रोटरीक्लव अफ न्यूरोड सिटी अन्र्तगत रहेका इननर व्हिल क्लव , रोटरीक्लव अफ न्यूरोड सिटी Rotaract ,रोटरीक्लव अफ न्यूरोड सिटी Interact  र रोटरीक्लव अफ न्यूरोड सिटीवीच स्वस्थ्य जीवनका लागि खेलकुद भन्ने नारा सहित मैत्रीपुर्ण फुटसलको शनिवार आयोजना गरिएको छ ।

रोटरीक्लव अफ न्यूरोड सिटीका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार चौर फुटसल वाँसवारीमा आयोजना गरिएको प्रस्तुत प्रतियोगितामा क्लव अन्र्तगतका उपाधी जितेको जानकारी दिनु भएको छ । त्यस्तै उहाँले प्रस्तुत प्रतियोगिताले व्यस्त  जीवनमा नयाँ उर्जा सिर्जना गरेको जानकारी दिनु भएको छ ।  प्रतियोगितामा विजयी हुन सफल टिमलाइ क्लव अध्यक्ष शाक्य र इननर व्हिल क्लवका अध्यक्ष् रुक्मणी सिंहले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको क्लवका जनसम्पर्क अफिसर रमिला श्रेष्ठ शाक्यले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।