मङ्लबार, बैशाख ११, २०८१

रु ५ लाख सहित दुइदर्जन भन्दा बढि जुवाडे पक्राउ

काठमाडौ माघ ३ , महानगरीय प्रहरी वृत्तले रु ५ लाख ३५ हजार सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्ने क्रममा र्दा महानगरीय प्रहरी वृत्त गोँगबुको कमाण्ड टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित गएराती ९ बजे पक्राउ प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले रहेको जनाएको छ ।

यसैवीच प्रहरीले काठमाडौं ककलङ्कीस्थित एसबिआई बैंकको एटिएमबाट पैसा चोर्न लक्ष्य सहित ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका घर भई ललितपुर सातदोबाटो बूने रोहित शर्मालाई पक्राउ गरेको  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174