शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभाको बैठक : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौ माघ १४,   राष्ट्रियसभाको आज बसेको गत शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतको आधारमा पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैगर्दा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विरोध गर्दाको आवस्गामा पनि प्रस्तुत विधेयक बहुमतले स्वीकृत गरेको हो । विरोधका क्रममा नेपाली काँग्रेसका सासंदले आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेका थिए ।

त्यस्तै बैठकमा काँग्रेस सासंदले अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य सरोकारका विषयमा सरकारले चासो नदिएको विरोध समेत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही माघ १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174