बिहिबार, बैशाख १३, २०८१

मुलुकको समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण : प्रदेश सासंद शाक्य

काठमाडौं पुस २१,  सुरक्षित लगानी हाम्रो चाहना तपाइको सफलता हाम्रो कामना भन्ने मुल मन्त्रलाइ आत्मासात गर्दै आज भन्दा एक दशक अगाडि स्थापना भएको विजेश्वरी माता बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज राजधानीमा एक विशेष कार्यक्रमकावीच आफ्नो ११औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

 स्थापना कालको छोटो अवधीमानै सहकारीको भिडमा एक वेग्लै पहिचान बनाउँन सफल प्रस्तुत  सहकारी संस्थाका अध्यक्ष वाल मुकन्द मुल्मीको सभापतित्व एवम् प्रदेश न ३ का सासंद राजेश शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभाको उद्घाटन सत्रमा शुभकामना अभिव्यक्ति दिदै काठमाडौंमहानगर पालिकाका सहकारी विभाग प्रमुख नवराज ढकालले सलाइ सम्बोधन गर्दै जाने श्रीखण्ड नजाने खुर्पाको विंड भन्ने आशयको अभिव्यक्ति दिदै प्रदेश सासंद शाक्यले सहकारीको मुल्य र मान्यतालाइ अवलम्न गर्दै सञ्चालन भएका धेरै सहकारीहरु सफलताको शिखरमा रहेको बताउँदै विजेश्वरी सहकारीले पनि सहकारी सिद्धान्तको अक्षरस पालना गरेकै कारण आज स्थापनाकालको ११ औ वार्षिकसाधारण सभा गर्न सफल भएको बताए ।

यसवीचमा धेरै सहकारीे विविध कारणले आफ्नो अस्तित्व बचाउँन नसकिरहेको अवस्थामा ११ वर्षसम्म् निरन्तर आफ्नो सहकारी सदस्यको विस्वास जित्दै क्रियाशील यस सहकारी निर्वादरुपमा धन्यवाद पात्र भएको भन्दै उहाँले मुलुकको समृद्धिका लागि सहकारीको भूमिका आफैमा घाम जस्तै तेजिलो रहेको र राज्यले आफ्नो अर्थतन्त्रको सवलीकरणको लागि ३ खम्वे नितीको रुपमा अख्तियार गरेको बताए ।
साथै उहाँले प्रदेश सहकारले हहिले सहकारी नियमावलीको तर्जुमा गर्दै गरेको जानकारी दिदै प्रदेश सरकारले हरेक सहकारीलाइ चुस्त र दुरस्त बनाउँन , यसको संरक्षण गर्न आवश्यक यावत विषयमा गहन चिन्तन गर्दै गरेको बताउँदै यसलाइ थप परिष्कृत बनाउँन समेत आवश्यक सुझाव माग गर्नु भएको छ ।

संस्थाका पूर्व अध्यक्ष ज्ञानेन्द्ररत्न बज्राचार्यको स्वागत अभिव्यक्तिबाट सभारम्भ भएको उद्घाटनसत्रमा शुभकामना अभिव्यक्ति दिदै कामपा वडा न १५ का सदस्य आनन्दराम गौतमलगायतले संस्थाको सफलताको कामना गर्नु भएको थियो भने काठमाडौं महानगरपालिका सहकारी विभागका प्रमुख नवराज ढकालले हिजोका दिनमा जस्तो अव सहकारीले यो वा त्यो नाममा हुँने गरेको यावत विकृति पूर्ण कार्यलाइ पटिल्लो सहकारी ऐनले कडाइ गरेको जनाउ दिदै अवका दिनमा निर्धक्क सहकारीमा रकम जम्मा गर्न सकिने वातावरण बन्दै गएको बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बालमुकन्द मुल्मीले अध्यक्षको प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्षको प्रतिवेदन संस्थाका सचिव माणिकरत्न शाक्यले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम दिइएको जानकारी अनुसार प्रस्तुत संस्थाको चुक्ता शेयर पुजी रु  ९,३४५,९०० र बचत निक्षेप रु ७९,४२४,००९ र ऋण प्रवाह तर्फ  रु  ५०,६८७,८४३ त्यस्तैगरि कुल बचत रु ८३९०७ रहेको जानकारी दिईएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।