शुक्रबार, चैत्र १६, २०८०

माघे सङ्क्रान्तिको शुभकामना दिदै कसले के भने ?

काठमाडौ माघ १, राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते मनाइने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रिपति भण्डारीले जारी गर्नु भएको शुभकामना सन्देशमा माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गर्दै प्रस्तुत पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिवृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास मैले लिएको बताउँनु भएको छ ।

साथै उहाँले सन्देशमा यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यस विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पु¥याउने उल्लेख गर्नु भएको छ ।

त्यस्तै गरि माघेसङ्क्रान्तिका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि कामना गर्दै सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ ।  पर्वको अवसरमा प्रम ओलीले जारी गर्नु भएको शुभकामना विज्ञप्तिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको जिकिर गर्दै सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ ।

त्यस्तै गरि प्रस्तुत पर्वको अवसरमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा , वरिष्ठ नेता रामचन्द्र पौडेल त्यस्तै गरि नेकपाका अध्यक्ष ‘प्रचण्डले शुभकामना अभिव्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174