शनिबार, बैशाख ८, २०८१

महासंघद्दारा पत्रकार हत्याको भत्र्सना, हत्या आरोपमा अभियुक्तद्दय पक्राउ

काठमाडौं माघ ५, मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आवद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । सञ्चारकर्मी ढकाललाई हेटौडा— १ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा गत पुस २५ गते साँझ फेला पारिएको थियो । महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा पत्रकार हत्याको भत्र्सना गर्दै घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछ भनिएको छ ।

यसैवीच प्रहरीले पत्रकार मनोहर ढकालको हत्या आरोपमा पक्राउ गरी आज दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटौंडा नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । आरोपीद्वयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174